पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कालिकोटमा विद्युत आपुर्ति बन्द 

कालीकोट, २८ असार । कालिकोट जिल्लाको एक मात्र पोदमारा साना जलविद्युत आयोजना अविरल वर्षासँगै बन्द भएपछि कालिकोट जिल्लामा विद्युत आपूर्ति बन्द भएको छ । 

पोदमारासाना जलविद्युत  आयोजनाबाट विद्युत आपूर्ति बन्द भएपछि कालिकोट जिल्ला अन्धकारमय भएको छ । 

पोदमारासाना जलविद्युत आयोजनको पानी आपूर्ति हुने नहरमा बालुवा भरिनुका साथै पाईप फुटेर पानि लिक हुन थालेपछि  विद्युत आपुर्ति बन्द गरिएको सानाजल विद्युत आयोजना कार्यालय पोदमाराले जनाएको छ ।