पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मैत्रीपूर्ण खेलमा बंगलादेश पराजित

काठमाडौं, २७ असार । कप्तान विमल घर्ती मगरको एक मात्र गोलले २३ वर्ष मुनि उमेर समूहको खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ ।

२३ वर्ष मुनि उमेर समूहको ए एफ सी छनोट चरणको तयारीमा रहेको दुवै नेपाली र बंगलादेशी राष्ट्रिय फुटबल टोलीबीच मंगलबार एन्फा मैदान सातदोबाटोमा भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई १/० गोल अन्तरले पराजित गरेको थियो ।

खेल शुरु भएको २० औँ मिनेटमा अन्जन विष्टले डि एरिया भित्र दिएको पासलाई सदुपयोग गर्दै विमलले खेलको एक मात्र गोल निर्णायक गोल गरेका थिए ।

पहिलो हाफ मै गोल गर्न पाएको अर्को मौका सदुपयोग नभए पनि विमल शरीरको तालमेल गुमाएर लड्न पुग्दा काँधमा चोट लागेको थियो ।

त्यसपछि कप्तान विमलको स्थानमा विश्वास श्रेष्ठ मैदान प्रवेश गरेका थिए ।

दोश्रो हाफमा बंगलादेशले गोलका लागि गरेका केही राम्रा प्रहारलाई नेपालका गोलरक्षक एलेन न्यौपानेले बचाएका थिए ।

बंगलादेश ए एफ सी छनोटमा समूह ई मा रहेको छ भने नेपाल समूह डी मा रहेको छ ।

समूह डी को उद्घाटन खेल नेपाल र आयोजक संयुक्त अरब ईमिरेट्स् यु ए ई बीच यही असार ३१ गते हुनेछ ।