पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रेडियो कार्यक्रम सम्वन्धी अन्तरक्रिया

radionepal

असार २६ काठ ।
सरकारी ,गैर सरकारी र विभिन्न संघ संस्थाबाट उत्पादन भई रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रम के कस्ता छन् ? श्रोताले कति रुचाउँछन् ? र सुधारका विषयमा सोमबार साँझ काठमाण्डौमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । रेडियो नेपालबाट यस्ता २० प्रतिशत कार्यक्रमहरू बाहिरैबाट उत्पादन भई प्रसारण हुने गरेको छन् । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा ती कार्यक्रमका उत्पादक र सञ्चालकहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यकारी निर्देशक कार्कीले  राष्ट्रिय प्रसारणको दायित्व बोकेको रेडियो नेपाल समयानुकूल प्रसारण पहुँच बढाई संघीय संरचना अनुसार सार्वजनिक प्रसारण संस्थाका रुपमा सेवा दिन अग्रसर भई रहको बताउनु भयो । नायव कार्यकारी निर्देशक श्रीभद्र वाग्लेले रेडियो नेपालको प्रसारण गतिविधि र सुधारका प्रयाशका बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रम महाशाखाका प्रमुख डा. नवराज लम्सालले रेडियो नेपालबाट प्रसारण हुने विभिन्न शीर्षकका ४४ कार्यक्रम मध्ये सबैभन्दा सुनिने समय (प्राईम टाईम) मा बाहिरबाट उत्पादन हुने कार्यक्रम रहेका र  ती कार्क्रममा उत्पादनमा सुधार ल्याउँदा रेडियाेको लोकप्रियता बढ्ने राय दिनुु भयो ।  

  

अन्तरक्रियामा सहभागी हुनु भएका बरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले भूकम्पको बेला प्रत्यक्ष प्रसारण सुनेरै उद्धार कार्यमा जुटेको र विपद्को बेला भरपर्दो साथी नै रेडियो नेपाल भएको संस्मरण सुनाउनु भयो ।  इक्वेल एक्सेसका निर्देशक उपेन्द्र अर्यालले रेडियोका कार्यक्रममा सुधर गरी  प्रसारण पहुँचका लागि प्रसस्त संभावना रहेको बताउनु भयो । अन्तरक्रियामा कृषि कार्यक्रमका सञ्चलक श्रीराम पुडासैनी, प्रहरी कार्यक्रमका शम्भु ढकाल, हाम्रो उद्यमका प्रदीप न्यौपाने, जीवन विज्ञानका किरण रुपाखेती, परदेशीको सन्देशका धनजंग गुरुङ र युवा सञ्चारका महेन्द्र पौडेलले कार्यक्रम उत्पादन सम्वन्धी विभिन्न जिज्ञासा राख्नु भएको थियो । सहभमगीहरुले रेडियो नेपालले पहिले पटक यस्तो अन्तरक्रियाको आयोजना गरेर बाहिरका उत्पादक र सञ्चालकहरुलाई लाभान्वित गरेको बताउनु भयो ।कार्यक्रममा सञ्चालक समितिका सदस्य बोमबहादुर कार्की, दुर्गा फुयाल विभिन्न महाशाखा प्रमुख,विभिन्न संघ / संगटनका प्रतिनिधि आदिको उपस्थिति थियो । कार्यक्रम सम्पन्न पछि व्यापार महाशाखाका प्रमुख कृष्ण कोईरालले यस्तो अन्तरक्रियाले प्रायोजित कार्यक्रको स्तस्तोन्नति हुने भएकोले यसलाई निरन्तरता दिँदैजाने अनलाईनलाई बताउनु भयो । रेडियो नेपालका मुख्य कार्यक्रम अधिकृत गोकर्ण रेग्मीले अन्तरक्रियामा सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो । 
- अनलाईन डेस्क