पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बुद्धले पहिलोपटक ज्ञान बाँडेको सम्झनामा कार्यक्रम

काठमाडौँ, २६ असार । शाक्यमुनि बुद्धले समाजमा पहिलोपटक (धर्मचक्र सूत्र देशना) ज्ञान बाँडेको स्मरणमा बुद्धपूजा आज सम्पन्न भएको छ । 

बुद्धको जीवन र जगतसँग जोडिएका विभिन्न उपदेशका बारेमा प्रवचन गरिएको उक्त कार्यक्रममा थेरवादी बौद्ध भिक्षुले गुरु पूर्णिमाका दिनदेखि तीन महिनासम्म गर्नुपर्ने वर्षावास तथा त्यसको महत्वबारे समेत सहभागीलाई जानकारी गराउनुभएको थियो । 

शान्तिपूर्ण तथा सहअस्तित्वको समाज निर्माणका लागि बुद्धका शिक्षा तथा उपदेशलाई फैलाउन समय समयमा सर्वसाधारणलाई केन्द्रित गरी धार्मिक, नैतिक, सामाजिक शिक्षा उक्त स्थानमा दिइने भिक्षु तपस्सी धम्मले जानकारी दिनुभयो । 

बुद्धले वैशाख पूर्णिमाका दिन बोधगयामा (बोधिसत्व) ज्ञान प्राप्त गरेपछि गुरु पूर्णिमाका दिन पाँचजना भिक्षुलाई सारनाथमा बौद्ध दर्शन तथा उपदेश दिनुभएको थियो । 

बौद्ध धर्मावलम्बीले सोही घटनाको स्मरणमा विभिन्न बौद्ध विहारमा धार्मिक कार्यक्रम गर्ने गर्दछन् ।