पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एनआरएनए युगान्डाको अध्यक्षमा राजमणि भण्डारी

radionepal

असार २६, कम्पाला ,युगान्डा ।
गैर आवासीय नेपाली संघ युगान्डा ( एनआरएनए युगान्डा) को तेस्रो महा अधिवेशन युगान्डाको कम्पालामा सम्पन्न भएको छ ।  अधिवेशनबाट आगामी कार्यकाल सन २०१७ ( २०१९ का लागि  अध्यक्षमा राजमणि भण्डारीकासाथ सम्पूर्ण समूह निर्विरोध चयन भएको छ  ।
एनआरएनएका अफ्रिका क्षेत्रीय  संयोजक  सुनील कार्कीको प्रमुख अथितिको रुपमा दीप जलन गराई अधिबेशनको  उद्घाटन  भएको थियो । कार्यक्रममा  प्रमुख अतिथि सुनील कार्की , अन्तरास्ट्रिय कार्य समितीका सदस्य जीवनाथ पगेनी , अध्यक्ष रमेश कंडेल लगायतबाट शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको  थियो ।
 अधिवेशनको बन्द सत्रमा संघका कोषाध्यक्ष मंजुल पाठकले आर्थिक प्रतिवेदन पेश गर्नुका साथै अध्यक्ष रमेश कंडेलले आफ्नो कार्यकालको प्रतिवेदन पेश गर्नु भएको थियो  ।
        निर्वाचन समितिका  संयोजक  हेम श्रेष्ठबाट विपक्षी  उम्मेदवार कोही नभएकाेले   उपाध्यक्षद्वयमा बिनोद थापा र अर्जुन न्यौपाने,महासचिव रमेश शर्मा,सचिव          गंगालाल खरेल,कोषाध्यक्ष मन्जुल पाठक,युवासंयोजकमा तेजेन्द्र “विवश”महिला संयोजकमा तारा गिरि,प्रवक्ता कमल भट्ट ,कार्यकारी सदस्यमा आशिस खड्का, रुद्र के सी , प्रेम बहदुर श्रेष्ठ, गणेश कार्की निर्विरोध चयन भएको घोषण गर्नु भयो ।कार्यक्रममा सम्पूर्ण साधारण सदस्यलाई कार्ड वितरण गर्नुको साथै प्रमुख अतिथि सुनिल कार्कीको हात बाट पुर्ब कार्यकालमा विभिन्न क्षेत्रमा सहयोग गर्ने सहयोगीहरुलाई प्रशंसापत्र वितरण गरिएको थियो ।कार्यक्रमको अन्त्यमा पूर्व अध्यक्ष समेत रहनुभएका रमेश कंडेलले  नेपाली संगीतमा नयाँ इतिहास रच्दै अफ्रिकन कलाकार, डाइरेक्टर, सम्पादक प्रयोग गरेको भिडियो प्रमुख अतिथिबाटै विमोचन गर्दै सार्वजनिक गरिएको थियो । कंडेलले लोक तथा आधुनीकगरी एक दर्जन गीतहरुमा स्वरमा दिई सक्नु भएको छ ।