पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मतदाता परिचयपत्र नहुनेले पनि भोट खसाल्न पाउने ।

radionepal

गाउँपालिका र नगरपालिका निर्वाचनको मतदानका लागि कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा  मतदाताले पनि भोट खसाल्न सक्नेे निर्वनचन आयोगले जनाएको छ । आयोगको बैशाख २९ गतेको निर्णयानुसार स्थानीय तहको निर्वाचन, २०७४ प्रयोजनार्थ तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको मतदाताले कुनै कारणवशः रचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाएको जानकारीको आयोगले दिएको छ ।