पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

साउन १ गतेदेखि खानेपाली लिमिटेड कम्प्युटर प्रणालीमा

काठमाडौँ, २२ असार । काठमाडौँ उपत्यका खानेपानी लि (काउखालि) आगामी साउन १ गतेदेखि नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरण जस्तै कम्प्युटर प्रणालीमा जाने भएको छ । 

लिमिटेड कम्प्युटर प्रणालीमा गएपछि उपत्यकाका जुनसुकै कार्यालयबाट पानीको महसुल तिर्न सकिनेछ । साउनदेखि नै लिमिटेडका ‘मिटर रिडर’ ले पनि प्राधिकरणले जस्तै स्थलगत रुपमै ‘बिलिङ’ गर्ने प्रविधि प्रयोग गर्ने प्रवक्ता सुरेश आचार्यले जानकारी दिनुभयो । 

लिमिटेडले मेलम्चीको पानी उपत्यकामा आएपछि वितरणका लागि दक्ष जनशक्ति पूर्ति गर्ने कामलाई पनि तीव्रता दिएको छ । हाल एक हजार कर्मचारी कार्यरत छन् । पानी सुन्दरीजल प्रशोधन केन्द्रमा झरिसकेपछि सञ्चालनका लागि प्राविधिकसहित ३०० कर्मचारी पूर्ति गरिएको छ । 

हाल दैनिक १३ करोड लि पानी वितरण गर्दै आएको लिले मेलम्चीको १७ करोड लि पानी थपिएपछि ३० करोड लि पानी वितरण गर्नुपर्नेछ ।