पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विदेशमा रहेका २२ श्रष्टा नई पुरस्कारबाट पुरस्कृत

काठमाडौं, २९ बैशाख । नई प्रकाशनले  नेपाली भाषा साहित्य, कलाका विविध क्षेत्रमा योगदान गर्नुहुने देश विदेशमा रहनु भएका २२ जना श्रष्टाहरुलाई नई पुरस्कारबाट पुरस्कृत एबं सम्मानित गरेको छ । 

प्रकाशनले आज काठमाडौमा आयोजना गरेको श्रष्टा सम्मान कार्यक्रममा वाड्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीले बालबालिका सहित २३ जना श्रष्टाहरुलाई नगद पुरस्कार तथा ताम्रपत्रबाट पुरस्कृत एबं सम्मानित गर्नुभयो । 

पुरस्कृत हुनहुनेमा भारतमा रहेर नेपाली साहित्यको श्रीबृद्धिका लागि ५ दशक देखि निरन्तर लाग्नु भएकी श्रीमति बिन्द्या सुब्बालाई शताब्दी पुरुष डा. जोशीले दुईलाख रुपैया र ताम्रपत्र सहित नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्नुभयो । 

यसैगरी साहित्यकार डा. मोदनाथ प्रश्रीतलाई नइ खरा सुकीर्ति पुरस्कार प्राध्यापक डा.शिबगोपाल रिसाललाई नई चन्द्रधन पुरस्कार र सीमाबिद बुद्धिनारायण श्रेष्ठलाई नई किर्तिनिधी पुरस्कारबाट पुरस्कृत गरिएको छ । 

यि तीनै पुरस्कार ताम्रपत्र सहित जनही एक लाख रुपैया राशीका रहेका छन् । 

कार्यक्रममा ७ जना व्यक्तित्वलाई जनही ५० हजार रुपैया रासीका पुरस्कारबाट नई प्रकाशनले पुरस्कृत एबं सम्मानित गरेको छ । 

संस्कृतीबिद डा. जगमान गुरुङ्ग लाई नई भूपालदुर्गा पुरस्कार,साहित्यकार द्धय शान्ता श्रेष्ठलाई नई खरा प्रसिद्धि पुरस्कार र कंचन पुडासैनीलाई नई इश्वरबल्लभ पुरस्कार तथा चित्रकला तर्पm बिजय थापालाई नई यउजा पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

कार्यक्रममा नई प्रकाशनबाट प्रकाशित डा.मोदनाथ प्रश्रीतको चित्रात्मक कृति मेरा चित्रकारीता नरेन्द्रराज प्रसाईद्धारा लिखित स्केलिङ थागे तथा द ग्रेटर पोइट अफ नेपाल नामक कृतिको वाङमय शताब्दी पुरुष संस्कृतीबिद् डा.सत्यमोहन जोशीले लोकार्पण गर्नुभएको थियो । 

त्यस अबसरमा वाङमय शताब्दी पुरुष डा. सत्य मोहन जोशीले नेपाली कला भाषा र साहित्यले सांस्कृतिक बिबिधतामा एकता कायम गर्न मद्दत पुगेको बताउनु भयो । 

सम्मानित हुनुभएका मध्येबाट डा. मोदनाथ प्रश्रीत र भारतबाट आउनु भएकी बिन्द्या सुब्बाले नेपाली भाषा साहित्यलाई बिश्वव्यापी बनाउन र श्रष्टाहरुको सम्बद्र्धन गर्न नई प्रकाशनले महत्वपूर्ण योगदान गरेको बताउनु भयो । 

कार्यक्रममा नई प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईले बालबालिका देखि बरिष्ठ श्रष्टाहरुलाई यसरी पुरस्कृत र सम्मानित गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।