पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मालपोतमा ८२ हजार सेवाग्राही अनलाईन सञ्जालमा 

काठमाडौँ, २९ वैशाख । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले अनलाइन सेवा सुरु गरेपछि अहिलेसम्म ८२ हजार सेवाग्राहीलाई अनलाइन सञ्जालमा समेटेको छ । 

२०७२ साल साउन २४ गते कलङ्कीबाट सेवा सुरु गरिएकोमा अहिलेसम्म देशका १४ मालपोत कार्यालयमा विस्तार भएको छ । 

मन्त्रालयका अनुसार कलङ्की, डिल्लीबजार, चाबहिल तथा ललितपुर, भक्तपुर, धादिङ काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, मोरङ, पर्सा, कास्की, बाग्लुङ, बाँके, चनौली, खैरहनी, माडी, लेखनाथ र शिखरकोटमा अनलाइन सेवा उपलब्ध गराइएको छ ।