पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सङ्गीत साधिका शान्ति ठटाल रेडियो नेपालद्वारा सम्मानित

radionepal

-अजय बम, रेडियो नेपाल

१९ ,असार । 
रेडियो नेपालले बरिष्ठ गायिका तथा पहिलो महिला संगीतकार शान्ति ठटाललाई " रेडियो नेपाल राष्ट्रिय श्रष्ट्रा सम्मान " २०७३ बाट सम्मान गरेको छ ।
रेडियो नेपालले आफ्नो बाषिर्क उत्सवका अवसरमा चैत्र २० गते घोषणा गरेको सम्मान आज एक कार्यक्रमकाबीच ५१ हजार नगद सहित रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले साधिका ठटाललाई सम्मान गर्नु भएको हो । कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीले श्रष्ट्राहरूको सहयोगले नै रेडियो नेपाल यहाँसम्म आइपुगेकोले रेडियो नेपाल जहिले पनि श्रष्ट्रालाई सम्भिmरहने यसरी नै सम्मान गर्दै जाने बताउनु भयो ।

                  
सम्मान पछि बरिष्ठ गायिका ठटालले सन् १९६५ मा रेडियो नेपालको आँगन टेकेको इतिहासको स्मरण गराउँदै रेडियो नेपालले श्रष्ट्राहरुलाई सम्झेकोमा धन्यवाद दिनु भयो । अम्बर गुरुङद्वारा संगीतवद्ध 'सम्हालेर राख', 'मेरो दुःखी मन' श्रोताले औधी रुचाएका यी दवै गीत सन् १९६५ मा रेडियो नेपालको स्टुडियोमा एकै दिन रेकर्ड भएका हुन् । नेपाली चलचित्र 'परालको आगो' र 'बाँच्न चाहनेहरूमा सङ्गीत भर्ने  शान्ति ठटाल चलचित्रमा संगीत भर्ने पहिलो महिला सङ्गीतकारको रुपमा  परिचित हुनुहुन्छ । उहाँको सम्मान समारोहमा कार्यक्रम महाशाखाका प्रमुख डा. नवराज लम्साल र उपनिर्देशक टिका भण्डारीले सम्मानित ठटालको सांङ्गीतक व्यक्तित्व र योगदानका बारेमा प्रकाश पार्नु भएको थियो ।