पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रोजिन एण्ड टर्पेन्टाइन उद्योगमा आगलागी

कपिलवस्तु २९ बैशाख । कपिलवस्तुको शिवराज नगरपालिका ६, गडगौरास्थित गणपति रोजिन एण्ड टर्पेन्टाइन इन्डष्ट्रिज प्रा.लि.मा आज आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको छ । 

फ्याक्ट्रीको  प्लट नम्बर ३ को हिटिङ ट्यांकीको भठ्ठीमा एक्कासी आगो लागेको थियो । 

फैक्ट्रीका म्यानेजर जीवनारायण खनालका अनुसार पकाउनका लागि तयार गरिएको झण्डै २० टन माल जलेर नष्ट भएको छ ।