पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पशुपन्छीको निशुल्क स्वास्थ जाँच

धनकुटा, २९ बैशाख । जिल्ला पशु सेवा कार्यालय धनकुटाले १२ हजार ४ सय पशुपन्छीको निःशुल्क स्वास्थ्य जाँच गराएको छ ।

कार्यालयले छथर गाउँपालिकाकोे काजिमानेमा गरेको एक दिने निशुल्क पशु स्वास्थ्य शिविरमा २ सय ५७ किसानका बस्तुहरुको उक्त निःशुल्क स्वास्थ्य जाँच गरिएका हो ।

शिविरमा स्थानीय र उन्नत जातका ४ हजार ५ सय गाई र दुईसय भैंसीको आन्तरिक र बाह्य परजीवि परिक्षण गरि निशुल्क औषधी वितरण गरिएको छ ।

यस्तै पाँचहजार ६ सय भेडा, बाख्रालाई पिपिआर खोप, एकसय २२ वटा कुकुरलाई रेविज विरुद्धको भ्याक्सीन र ७ हजारबढि कुखुरालाई रानीखेत रोगविरुद्धको खोप दिइएको कार्यालयले बताएको छ ।

शिविरमा तीन सय बढि पशुको प्रयोगशाला परिक्षण समेत गरिएको जिल्ला पशु सेवा कार्यालय धनकुटाका पशु चिकित्सक झविन्द्र मरासिनिल जानकारी दिनुभयो ।
 
शिविरबाट धनकुटाको साबिक भीरगाउँ, तेलिया, तांखुवा र परेवादिन लगायत स्थानका पशुपालक किसानले फाइदा लिएका छन् ।