पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कभर्ड हलको निर्माण कार्य सुरु

उदयपुर, २९ बैशाख । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको गाईघाटस्थित बोक्सेको जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरअगाडि दोस्रो कभर्ड हलको निर्माण कार्य सुरु भएको छ । 

जिल्लाको सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरपालिका क्षेत्रमा ब्याडमिन्टनलगायत अन्य खेलकुदमा चासो बढ्दै गएपछि पहिलेको कभर्ड हलमा ब्याडमिन्टन खेलाडीको सङ्ख्या अत्यधिक वृद्धि हुँदै जान थालेपछि दोस्रो कभर्ड हल निर्माण सुरु गरिएको जिल्ला खेलकुद विकास समिति उदयपुरले बताएको छ । 

राष्ट्रिय खेलकुद विकास परिषद्को रु दश लाख आर्थिक सहयोग र जिल्लाका विभिन्न सङ्घसस्था तथा खेलप्रेमीको आर्थिक सहयोग सङ्कलन गरेर करिब रु ३० लाखभन्दा बढीको बजेटमा सो नयाँ कभर्ड हल निर्माण कार्य सुरु भएको जिल्ला खेलकुद विकास समिति उदयपुरका अध्यक्ष पुष्प विकले बताउनुभएको छ ।