पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कृषक समुहलाई हाते ट्क्याटर वितरण

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले कृषक समुहलाई हाते ट्क्याटर वितरण गरेको छ । 

किसानहरुलाई खेती गर्न सहज होस् भन्ने उद्देश्यले हाते ट्याक्टर वितरण गरेको हो । 

सिद्धिचरण नगरपालिका अन्तर्गत कृषि विकास शाखाले ७५ प्रतिशत अनुदानमा नगरपालिकाका विभिन्न कृषक समुह, कृषि सहकारी, अगुवा कृषक लाई खेतबारी जोत्ने हाते ट्याक्टर वितरण गरेको नगरपालिकाका प्रमुख मोहन श्रेष्ठले बताउनुभयो ।