पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मनाङ्ग मर्स्याङदी र मिनर्वा क्लब पन्जाबबीचको खेल बराबरीमा

परेश सापकोटा । ए एफ सी कपको समूह चरण अन्तर्गत मनाङ्ग मर्स्याङदी क्लब मिनर्वा क्लब पन्जाबबिचको खेल १–१ गोलको बराबरीमा सम्पन्न भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फा को मैदान सातदोबाटोमा बुधबार भएको खेल बराबरी भए संगै मनाङ्गको दोस्रो चरणको सम्भावना पनि निकै कम भएको छ ।

मिनर्वाले पहिलो हाफको ३९ औँ मिनेटमा गोल गरेको थियो ।

खेल सकिन्नै लाग्दा ८१ औँ मिनेटमा मनाङ्गका साहिद अजिजले बराबरी गोल फर्काएका थिए ।