पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

संसदमा दर्ता भएका तीनवटा बिधेयक फिर्ता लिन सरकारसँग नेपाली काँग्रेसको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संघीय संसदमा दर्ता भएका विभिन्न तीनवटा बिधेयक फिर्ता लिन सरकारसँग आग्रह गरेको छ ।
नेपाली कांग्रेस संसदीय दलको आज बिहान बसेको बैठकले राष्ट्रिय सुरक्षा परिषदको काम कर्तब्य र अधिकार सम्बन्धी बिधेयक, मिडिया काउन्सिल विधेयक र मानव अधिकार सम्बन्धी बिधेयक संविधानको भावना विपरित तर्जुमा गरिएको भन्दै ती बिधेयक तत्काल फिर्ता लिन सरकासँग माग गरेको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणले संविधानको मर्मसँग बाझिने गरी ती विधेयकहरु ल्याउन लागिएको भन्दै ती बिधेयक पास भए नागरिक अधिकार कुण्ठित हुने काँग्रेसको निश्र्कष रहेको जानकारी दिनुभयो ।
सरकारले संसदबाट ती बिधेयक फिर्ता नलिए कडा प्रतिबाद गर्ने निर्णय संसदीय दलको बैठकले गरेको पनि प्रमुख सचेतक खांणले जानकारी दिनुभयो ।
विमल ज्ञवाली, रेडियो नेपाल