पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपालगञ्जमा तापक्रम अहिले सम्मकै उच्च

काठमाण्डौ । नेपालगञ्जमा गर्मी अत्यन्तै बढेको छ । शनिबार यहाँको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय नेपालगञ्जका अनुसार शनिबार यहाँका अधिकतम तापक्रम ४३ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । 

कार्यालयका मौसम विज्ञान सहायक योजना बस्ताकोटीले भन्नुभयो, “शनिबार नेपालगञ्जमा यो वर्षकै सबैभन्दा बढी तापक्रम मापन गरियो । जुन अघिल्ला वर्षको यही अवधिको तापक्रमभन्दा धेरै हो ।” उहाँका अनुसार नेपालगञ्जमा सन् २०१२ जुन १४ मा अहिलेसम्मकै सर्वाधिक तापक्रम ४५ डिग्री सेल्सियस मापन गरिएको थियो । 

नेपालगंज क्षेत्रमा अत्यधिक गर्मीको कारण तातो हावा (लु) चल्न थालेपछि गर्मी छल्न प्रयोग गरिने विद्युतीय सामग्रीको व्यापार नेपालगञ्जमा ह्वात्तै बढेको छ । गर्मीबाट बच्न उपभोक्ताहरू पङ्खा, एसी, कुलरलगायत विद्युतीय सामग्री किन्न बजार धाउन थालेका नेपालगञ्जको घरबारी टोलका विधुतीय सामाग्रीका व्यापारी सफिक अहमद साहले बताउनु भयो ।