पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘सञ्चार क्षेत्रलाई अंकुश लगाउने प्रयास अनुचित’

जगत साउद, धनगढी । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले सञ्चार क्षेत्रलाई कुनै पनि बाहानामा अंकुश लगाउने प्रयास उचित नहुने बताउनु भएको छ ।

आज धनगढीमा आयोजित एक कार्यक्रममा सभापति देउवाले लोकतन्त्रको संस्थागत विकासका लागि सञ्चार क्षेत्रलाई बलियो बनाउन जरुरी रहेको बताउनुभयो । 

उहाँले शिक्षा क्षेत्रको विकासलाई विशेष प्राथमिकतामा राख्नुपर्ने पनि बताउनुभयो ।