पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

१३ औं सागको तयारीमा सरकारः मन्त्री सुनार 

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले १३ औं सागको तयारीमा सरकार जुटिरहेको स्पष्ट पार्नु भएको छ । 

आगामी डिसेम्बर १ देखि १० तारिखसम्म हुने उक्त प्रतियोगिता भव्य रुपमा आयोजना र सफल रुपमा सम्पन्न गर्ने गरी सरकार तयारीमा जुटिरहेको मन्त्री विश्वकर्माले विश्वास दिलाउनुभयो । 

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले अब साग प्रतियोगिताको मितिमा कुनै द्धिविधा नभएको पनि स्पष्ट पार्नु भयो । 

मन्त्री विश्वकर्माले १३ औं साग आफूहरुको लागि गौरवको विषय पनि भएकोले भव्यताका साथ सम्पन्न गर्नेतर्फ तयारीमा जुटिसकेको जानकारी दिदै तेस्रो पटक सागको आयोजना नेपालले गर्ने भएकोले सबैले सहयोग गर्ने आग्रह गर्नु भयो । 

प्रतियोगितमा धेरैभन्दा धेरै पदक जित्ने आफूहरुको लक्ष्य र विश्वास रहेको पनि दाबी गर्दै मन्त्री विश्वकर्माले प्रतियोगितामा २७ वटा खेलको आयोजना गरिने जानकारी दिनु भयो ।