पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सम्पदा जोगाउन सक्रिय बन्दै स्थानिय तह

radionepal

हेटौंडा ।  नेपालको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण पक्ष मध्ये सम्पदाहरु एक हो । यस्तै सम्पदाहरु संरक्षणमा स्थानिय तहले सक्रियता देखाएको छ । सम्पदाको संरक्षण गर्दै पर्यटन प्रर्बद्धन गर्ने लक्ष्य हेटौंडा उपमहानगरपालिकाले लिएको छ । यसकालागि उचित जगेर्ना, मर्मत–सम्भार र संरक्षण उपमहानगरपालिका लागेको हो । 
हेटौंडा उपमहानगरपालिका–१३ स्थित पदमशमशेरद्वारा निर्मित पोखरीको संरक्षण कार्य सुरु भएको छ । नेपालका तत्कालिन राणा प्रधानमन्त्री पदमशमशेरले शिकार खेल्न आउ“दा सानो दरबार बनाएर निर्माण गरेको पोखरीको हेटौंडा उपमहानगरपालिकाले संरक्षण कार्य सुरु गरेको छ । पोखरीको संरक्षणका लागि वरिपरी पर्खाल लगाउने काम सूरु भएको छ । २ सय ९१ मिटर क्षेत्रफलमा रहेको पदमपोखरीको पहिचानको रुपमा अवस्थित पोखरीलाई वरिपरि पर्खाल लगाएर संरक्षण सुरु गरिएको छ 
पोखरीको वरिपरिको पर्खालमा ९८ वटा पिल्लर (खम्बा) रहने गरि निर्माण गर्न लागिएको छ । पदमपोखरीको महेन्द्र माविस“गै रहेको उक्त पोखरी नेपालका तत्कालिन राणा प्रधानमन्त्री पदमशमसेरले शिकार खेल्न आउ“दा सानो दरबार बनाएर पोखरी निर्माण गरेको ईतिहास छ । उक्त पोखरीकै नामबाट त्यस ठाउ“को नाम पदमपोखरी राखिएको स्थानीय बताउ“छन । पोखरी संरक्षण गरेर बीचमा मन्दिर सहित फुलहरु रोप्ने योजना अनुसार पोखरीको संरक्षणका लागि उपमहानगरपालिका डिपिआर बनाएको उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाले बताउनुभयो । 

- विश्व अधिकारी /  रेडियो नेपाल