पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्राकृतिक अबीर केसरीको प्रयोग बढाउन अभियान शुरु

दैनिक पूजाआजा लगायत धार्मिक कार्यक्रम र उत्सवहरुमा प्राकृतिक अबीर केसरीको प्रयोगलाई प्रोत्साहित गर्ने उद्देश्यले रोटरी इन्टरनेशनल, डिस्ट्रिक्ट ३२९२ ले अभियान शुरु गरेको छ ।
हाल बजारमा पाइने अबीर केसरीमा लीड र मर्करी जस्ता विषाक्त तत्व भएकाले त्यस्ता अबीर केसरीको प्रयोगलाई निरुत्साहित गर्दै विषाक्ततत्वरहीत प्राकृतिक अबीर केसरीको प्रयोगलाई प्रोत्साहित गर्न अभियान शुरु गरिएको रोटरी इन्टरनेशनल, डिस्ट्रिक्ट ३२९२ का इन्भायरोमेन्ट एण्ड सेभ दी प्लानेट सबकमिटिका अध्यक्ष डा. उदयराज शर्माले जानकारी दिनुभयो ।
विषाक्त अबीर केसरीको प्रयोग लामो समयसम्म गर्दा मानव शरीरमा गम्भीर प्रकृतिका रोग लाग्ने र जल तथा जमीनमा समेत नकारात्मक असर पर्ने भएकाले सीमा नाकाहरुमा परीक्षण गरी विषाक्ततत्वरहित अबीर केसरी मात्र आयात गर्न दिने व्यवस्था गर्नुपर्ने डा. शर्माले बताउनुभयो ।
उहाँले रोटरीले स्थानीय तहमा कवीर आश्रम, सत्यसाही केन्द्र, सत्संग आश्रम लगायतका धार्मिक संस्थाहरुको संलग्नतामा अभियान अगाडि बढाएको
बताउनुभयो ।