पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डडेल्धुरामा बस दुर्घटना, ५ जनाको मृत्यु, २८ घाइते

radionepal

चन्द्र बानियाँ

काठमाडौँ-डडेल्धुराको भिमदत्त राजमार्ग अन्तर्गत साहुखर्क भन्ने ठाउँमा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । 
धनगढीबाट बझांग जाँदै गरेको ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस बिहान साढे चारबजेतिर गन्यापधुरा गाउँपालिका वडा नं. १ को साहुखर्कमा बस दुर्घटना भएको हो । 
बझाङ जांदै गरेको कर्णाली रिभरको  बसमा अन्दाजी ४० जना यात्रु सवार थिए । बस सडकबाट एकसय मिटर तल खसेको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको र घाइते सबैको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको  डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनु भयो ।गम्भीर घाइते भएका ३ जनालाई सेती अञ्चल अस्पतालमा थप उपचारका लागि पठाइएको उहाँले जानकारी दिनुभयो ।