पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘आदिवासी जनजातिको भावना संविधानमा व्यवस्थित’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानमार्फत आदिवासी जनजाति समुदायको भावनालाई व्यवस्थित पारिएको बताउनुभएको छ । 

आज काठमाडौंमा आयोजित ‘आदिवासी जनजातिको मुद्दा, अधिकार र चासोका विषयमा अन्तक्र्रियामा अध्यक्ष प्रचण्डले आदिवासी जनजाति, मधेशी, दलित, महिलालगायत सिमान्तकृत समुदायका सकारात्मक अभिव्यक्तिलाई संविधानमा लिपिबद्ध गरिएको बताउनुभयो । 

अध्यक्ष प्रचण्डले राजधानी  जिल्ला सदरमुकामा र सङ्घमा मात्र केन्द्रित विकास तोड्ने उद्देश्यले जनताको घर आँगनमै अधिकार जाओस् भनेर सङ्घीय अभ्यास गरिएको बताउनुभयो ।