पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रपतिबाट वैशाख १६ गते संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही बैशाख १६ गते सोमबार अपरान्ह ४ बजे संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम यही बैशाख १६ गते सोमबार अपरान्ह ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।