पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

तातोपानि नाका चार वर्ष पछि पुनः सञ्चालनमा आउदै

दिपक खत्री/रेडियो नेपाल
सिन्धुपाल्चोक भूकम्प पछि बन्द रहेको तातोपानी नाका चार वर्ष पछि पुनः सञ्चालनमा ल्याउन पुनर्निर्माणको काम भैरहेको छ । चिनियाँपक्षले सीमा क्षेत्रदेखि बसेरी सम्म र सडक डिभिजन कार्यालय चरिकोटले बाह्रविसेदेखि बसेरीसम्म निर्माण गरिरहेको छ । तत्कालै सक्ने गरि निर्माणधीन सुख्खा बन्दरगाहा, मितेरी पुल, सडक, लगायतको क्षेत्रको काम तिब्र गतिमा भैरहेको छ । 


तातोपानी नाका दीर्घकालिन रुपमा सञ्चालनमा आएपछि नेपाल, चीन व्यापारमा सजिलो हुने तथा चीनसंगको स्थलमार्ग नजिक हुने भएकाले यसबाट नेपालले फाइदालिन सक्ने उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष वेद वहादुर श्रेष्ठले जानकारी दिनुभयो ।