पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बस दुर्घटना : दुईजनाको मृत्यु, १० जना गम्भीर घाइते

धादिङ । काठमाडौंबाट मनकामनातर्फ जाँदै गरेको ना. ४ ख १४१५ को बस पृथ्वीराजमार्गको नौविसे मुग्लिन सडक खण्ड अन्तर्गत धादिङको रोराङ, सलाङघाटमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।
दुर्घटनाबाट मृत्यु हुनेहरुमा दोलखाका हरिवंश केशी र दोलखाकै पार्वती बुढाथोकी रहेको इलाका प्रहरी कार्यलय, गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएका १० जनालाइ मलेखु अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ भने सामान्य घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
नवराज छत्कुली, रेडियो नेपाल