पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

युवालाई समृद्धिको सहयोगी बनाउनुुपर्छ : युवा नेता पौडेल

तनहुँ-नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले युवालाई समृद्धिको लागि सहयोगी बनाउनुपर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकीमा बिहीबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले देशमा संरचना नयाँ बने पनि सोच नयाँ बन्न नसकेको बताउनुभयो । निर्वाचित जनप्रतिनिधिले नयाँ सोचका साथ आफूलाई अघि बढाई रोजगारीका लागि युवा जनशक्ति विदेश जानुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो ।

देश समृद्धि बनाउन युवा शक्तिलाई प्राथमिकतामा राखेर काम गर्न सक्नुपर्ने उहाँको भनाइ थियो । युवाले गर्ने काममा आफ्नोतर्फबाट सहयोग गर्न पछि नहट्ने भन्दै स्वरोजगारतर्फ उन्मुख हुन युवा शक्तिलाई आग्रह गर्नुभयो । कमलाघाटमा शवदाह निर्माण गरिँदै शुक्लागण्डकी नगरपालिका र स्थानीयवासीको साझेदारीमा सेतीनदी किनारस्थित कमलाघाटमा व्यवस्थित शवदाहस्थल निर्माण कार्य शुरु भएको छ । सेती नदीको बहावले वर्षेनी नदी किनार कटान गर्दै लगेपछि दाहसंस्कार गर्न कठिनाई भोग्नुपरेका स्थानीयवासीले शवदाहस्थल निर्माण कार्य शुरु गरेका हुन् ।

नगरपालिका–४ का अध्यक्ष शिवकुमार श्रेष्ठले नगरपालिकाको रु २५ लाख र स्थानीयको रु २७ लाख गरी कूल रु ५२ लाखको लागतमा उक्त शवदाहस्थल निर्माण कार्य अघि बढाइएको जानकारी दिनुभयो । सेती नदीमा जाने बाटो नहुँदा शव लैजान असुविधा भएको थियो । उहाँले भन्नुभयो, “निर्माणाधीन शवदाहस्थल सम्पन्न पश्चात नगरपालिका वडा नं २, ३, ४ र ५ का करीब दुई हजार घरधुरीका मानिसले लाभ लिन सक्नेछन् । नदी कटान रोक्न जाली राख्ने, शव दहनपछि खरानी पखाल्न नाला निर्माण गर्ने, शवदाहस्थलमा दाउराको व्यवस्था गर्ने र मलामी बस्ने व्यवस्था मिलाइने छ ।” अहिले दाउराबाट शव जलाउने व्यवस्था गरिए पनि भावी योजना विद्युतीय शवदाह बनाउने रहेको छ । निर्माणाधीन शवदाहको करीब ४० प्रतिशत काम सम्पन्न भइसकेकोले अब एक डेढ महीनाभित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण समितिका संयोजक पदमलाल लामिछानेले जानकारी दिनुभयो ।