पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चट्याङ लागेर १८ बर्षिय किशोरीको मृत्युु 

टेकराज भण्डारी, अछाम । अछाममा चट्याङबाट एक किशोरीको ज्यान गएको छ । 

मेल्लेख गाउपालिका वडा नम्बर ६ षोडशा झणिगाउँमा चट्याङ लागेर एक स्थानिय केवलसिंह बोहराकी १८ बर्षिय छोरी हिउँकला कुमारी बोहराको ज्यान गएको प्रहरीले जनाएको छ । 

गाँउ नजिकैको जँगलमा घाँस काट्न गएका बेला पानी परेपछि ओत लाग्न रुखमा अडेस लागेका बेला आज दिउसो एक्कासी रुखमा चट्याङ परेपछि घट्नास्थलमै ज्यान गएको मेल्लेख गाउँपालिकाका अध्यक्ष लोक बहादुर बोहराले बताउनुभयो । 

चट्याङका कारण अन्य क्षति भने नभएको र मृतक बोहरा स्थानिय नन्देश्वरिमा माबिमा कक्षा ९ मा अध्ययनरत रहेको वडा नम्बर ६ का अध्यक्ष नरपति रावलले जानकारी दिनु भयो । यस अघि पनि चट्याङ लागेर अछामको पञ्चदेवल विनायक ७ पुल्लेतोलामा २ जनाको ज्यान गएको छ भने २ दर्जन बढी घाईते भैसकेका छन् ।