पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कपिलवस्तुमा सवारी दुर्घटना : एकको मृत्यु, १७ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका –२, पिपराचोकमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने १७ जना समान्य घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गको छेउमा रोकिराखिएको भारतीय नम्बरको ट्रकमा नेपालगञ्जबाट नारायणगढ जाँदैगरेको बस ठोकिँदा बसमा सवार ४३ जनामध्ये एकजनाको मृत्यु भएको र अन्य १७ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते भएका दैलेखको माबो गाउँपालिका – २ बस्ने वर्ष ५५ का नन्दलाल गुरुङको उपचारको क्रममा मृत्यु भएको छ ।
सामान्य घाइते भएकाहरु सामुदायिक अस्पताल, पिपरामा उपचार पश्चात् डिस्चार्ज भई गन्तव्य तर्फ गएको प्रहरी नायब उपरिक्षक रवि रावलले जानकारी दिनुभयो ।
दुर्घटना भएका दुबै सवारी साधन र बसका चालक प्रहरीको नियन्त्रणमा रहेको उहाँले बताउनुभयो ।
मनिष गुप्ता, रेडियो नेपाल