पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

साइक्लिङमा बज्राचार्य र मगरलाई स्वर्ण पदक

नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको साइक्लिङमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका ओकेश रत्न बज्राचार्य र महिलातर्फ प्रदेश ३ की लक्ष्मी मगरले स्वर्ण पदक प्राप्त गरेका छन् । 

नेपालगञ्जमा सोमबार सम्पन्न साईक्लिङमा त्रिभुवन आर्मीकै हिमाल टमाटाले दोस्रो हुँदै रजत पदक प्राप्त गरे भने गण्डकी प्रदेशका हिक्मत विकले तेस्रो स्थान प्राप्त गर्दै काँस्य पदक प्राप्त गरे । 

यसैगरी, महिलातर्फ गण्डकी प्रदेशकी उषा खनालले दोस्रो स्थान प्राप्त गर्दै रजत पदक र प्रदेश ३ की निर्जला ताम्राकारले तेस्रो स्थान गर्दै काँस्य पदक प्राप्त गरेकी थिईन् ।
परेश सापकोटा