पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

टेलिकमलाई विश्वसनीय बनाउनुपर्नेमा सञ्चारमन्त्रीको जोड

जनकपुरधाम । सञ्चार एवं सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निष्ठा, उत्तरदायी र जवाफदेहिताले नै देश, संस्था र व्यक्तिको हित हुने बताउनुभएको छ । 

नेपाल टेलिकम जनकपुरधाम कार्यालयद्वारा आज आयोजित छलफल कार्यक्रममा मन्त्री बाँस्कोटाले टेलिकमको गरिमालाई बचाइ आम जनताको मन जित्ने विश्वसनीय संरचना, व्यवस्थापन र क्रियाशीलताको खाँचो औंल्याउनुभयो ।

उहाँले नेपाल टेलिकमलाई पहिलो बनाउने विश्वसनीय आधार आम जनता समक्ष प्रस्तुत गर्नु गहन चुनौती देखिएको चर्चा गर्दै कर्मचारीलाई इमान्दारीपूर्वक काम गर्न निर्देशन दिनुभयो ।