पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बालगुरु आदित्यको अंग्रेजी पुस्तक विमोचन

अच्युत । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ९ वर्षीय बालगुरु आदित्य दाहालको कलियुगको आदित्य ज्योतिपथ पुस्तकको अंग्रेजी संस्करणको आज काठमाडौंको कुमारीगालस्थित आदित्य कुञ्जमा आयोजित कार्यक्रममा संयुक्त रुपमा विमोचन गर्नुभयो ।

पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको मनरुपी इटालाई जोडेर सबल र सक्षम राष्ट्र निर्माण गर्नुपर्ने बताउनुभयो ।

प्रधानन्त्री ओलीले इँटा इँटा जोडेर मन्दिर बने जस्तै मनरुपी इँटालाई एकत्रित गरेर समृद्ध नेपाल र सुखी नेपालीको अभियान पुरा गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले ज्ञान प्राप्त गर्नु स्रोत अनिर्वाय हुने उल्लेख गर्दै बालगुरु आदित्यले प्राप्त गर्नुभएको स्रोत विनाको ज्ञान विज्ञानका लागि समेत चुनौती भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल देव भूमि, ज्ञान भूमि, तपो भूमि र पूण्य भूमि भएकाले आदित्य जस्ता प्रतिभावानहरको जन्म भएको र अन्यत्र यस्ता प्रतिभावानको जन्म असम्भव रहेको धारणा राख्नुभयो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आध्यात्मिक र दार्शनिक चिन्तका लागि नेपाल उर्वर भूमि रहेकोले बालगुरु आदित्यलाई विशेष किसिमको ज्ञान प्राप्त भएको बताउनुभयो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बालगुरु आदित्य विश्वकै लागि चमत्कारिक व्यक्तित्व रहेको उल्लेख गर्दै शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमका संयोजक डा. उपेन्द्र महतोले पूर्वीय दर्शनलाई विश्व सामु परिचित गराउन बालज्ञानी सफल हुनुभएको र नेपाललाई आध्यात्मिक एवं भौतिक विकासको केन्द बनाउने बालगुरुको उद्देश्य रहेको बताउनुभयो ।

बालगुरु आदित्यको निर्देशन अनुुसार निर्माण गरिएको त्रिगजुर शिवालयको प्राणप्रतिष्ठा एवं महाअनुष्ठान आजै सम्पन्न भएको छ ।

यही चैत्र २४ गतेदेखि वैदिक विधानअनुसार महाअनुष्ठान शुरु भएको थियो ।