पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अझै पुगेनन् स्थानीय तहमा बैंक 

डोटी । गठन भएको डेढ वर्ष वितिसक्दा समेत यहाँका स्थानीय तहमा अझैसम्म पनि बैंक नहुँदा सरकारी कामकाजमा समस्या भएको छ । 

जिल्लाका कुल नौ स्थानीय तहमध्ये दीपायल सिलगढी नगरपालिकाबाहेक अन्य आठ स्थानीय तहमा हालसम्म पनि सरकारी बैंक पुग्नसकेका छैनन् । 

डोटीका बडिकेदार, बोगटान फुड्सिल, सायल, पूर्वीचौकी, आर्दश, केआइसिंह, जोरायल गाउँपालिका तथा शिखर नगरपालिकामा हालसम्म बैंक स्थापना हुनसकेका छैनन् । 

बोगटान फुड्सिल र शिखर नगरपालिकामा निजी क्षेत्रका बैंक स्थापना भए पनि सम्पूर्ण आर्थिक कारोवार जिल्लाबाट नै हुन थालेपछि स्थानीयवासीलाई झन समस्या हुन थालेको छ । 

स्थानीय तहमा बैंक स्थापना नहुँदा सामान्य सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम सिलगढी तथा कैलाली जानुपर्ने बाध्यता रहेको बडिकेदार स्थानीयवासी लोकेन्द्रबहादुर छेडालले बताउनुभयो ।