पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाल युएईसँग १ रनले पराजित

काठमाडौं । आइसीसी यू–१९ विश्वकपअन्तर्गत एसिया छनोटको दोस्रो खेलमा नेपालले नमिठो हार बेहोरेको छ । शनिबार मलेसियामा भएको खेलमा नेपाललाई युएईले डिएल मेथडको आधारमा १ रनले पराजित गरेको हो ।

नेपालले दिएको २ सय ४८ रनको लक्ष्य पछ्याएको युएईले ३० ओभरमा ३ विकेटको क्षतिमा १ सय २२ रन बनाउदा खेल वर्षाले अवरुद्ध भएको थियो । त्यसपछि खेल हुन नसकेपछि युएईलाई डिएल मेथडको फाइदा मिल्यो । 

युएईका लागि अंस टन्डनले ५४ रन बनाएका थिए भने विरुत्त अरविन्दले ४७ रनको योगदान दिए । बलिङमा नेपालका सागर ढकालले कमलसिंह ऐरीले १–१ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा २ सय ४७ रनमा अलआउट भयो । 

नेपालका लागि हरि चौहानले नटआउट ६७ रनको योगदान दिए भीम सार्कीले पनि अर्धशतक प्रहार गरे । उनले ५४ रन बनाए । 

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई २ सय १७ को फराकिलो अन्तरले पराजित गरेको थियो । 

नेपालले अब तेस्रो खेल सोमबार आयोजक मलेसियासँग खेल्नेछ ।
अजय बम