पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

महोत्सवमा १५ लाखको आलु बिक्री

पोखरा । पोखरा महानगरपालिका– २५ हेम्जामा आयोजित आलु महोत्सवमा रु १५ लाख ६० हजारको आलु बिक्री भएको छ । 

‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ आयोजित महोत्सवमा शुक्रबारसम्म लगभग ३७ हजार दर्शकले अवलोकन गर्नुका साथै सो रकमको आलु खरीद गरेका थिए ।

विष्णुपादुका खेलमैदानमा आयोजित महोत्सवको आकर्षणको रूपमा रहेको आलुको पहाडमा अहिले पनि खरीद बिक्रीको भीड लाग्ने गरेको संयोजक कृष्णबहादुुर थापाले जानकारी दिनुभयो ।