पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्क्वासको पुरुष सिंगल्समा थापामगरलाई स्वर्ण

काठमाडौं । गण्डकी प्रदेशका अमृत थापामगर आठौं राष्ट्रिय खेलकुद अन्तरगत ११ औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा स्वर्ण जितेका छन् ।

शुक्रबार भएको फाइनलमा अमृतले प्रदेश ३ का प्रवीणवीर कंसकारलाई ३–१ को सोझो सेटमा पराजित च्याम्पियन बनेका हुन् । 

अमृतले पहिलो सेट ११–५ ले सहजै जितेका थिए । दोस्रो सेट अमृतले ३–११ ले गुमाए । 

तर, त्यसपछि अमृतले ११–७ र ११–४ ले सहजै आफ्नो पक्षमा बनाउन सफल भए । २२ वर्षीय अमृत सातौंका पनि च्याम्पियन हुन् । 

राखेप च्याम्पयनसिपमा अरहान्त केशर सिंहसँग पराजित अमृत त्यसअघि लुम्बिनी च्याम्पयनसिपमा च्याम्पियन बनेका थिए । 
अजय बम