पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

तामाङ चलचित्र महोत्सव शुरु 

बनेपा । तामाङ कलाकार सङ्घको आयोजनामा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेँसीमा आजदेखि तीनदिने ‘तामाङ चलचित्र महोत्सव–२०७५’ शुरु भएको छ ।

तामाङ भाषामा निर्माण भएको तामाङ चलचित्रको प्रवर्द्धन गर्नुका साथै गुणात्मक चलचित्र निर्माण, चलचित्रकर्मीलाई प्रोत्साहन, बजार व्यवस्थापन र चलचित्रकर्मी कल्याणकोष स्थापना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको, तामाङ चलचित्र सङ्घका महासचिव जयनकुमार मोक्तानले जानकारी दिनुभयो । 

महोत्सवमा पाँच वर्ष यता निर्माण गरिएका चलचित्रमध्येवाट छनौट गरिएका पाँच चलचित्र प्रदर्शन गरिदैछ ।