पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मेलमिलाप आयोगमा ६२ हजार ९५० उजुरी

समिर । सत्य निरुपण तथा मेलमिलाप आयोगले हालसम्म ६२ हजार ९ सय ५० उजुरी परेको जानकारी गराएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य माधवी भट्ट पराजुलीले आयोगले केही महत्वपूर्ण कामको शुरुवात गरेको भएपनि निश्कर्षमा पुग्न नसकेको बताउनु भयो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगको थपिएको दुई महिनाको समयावधि पनि सकिएपछि सदस्य पराजुलीले अयोगमा परेको १० हजार ८८१ हत्याको उजुरी सहित सबै उजुरीको गोपनीयतामा विशेष ध्यान दिइएको स्पष्ट पार्नुभयो ।