पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘डिजिटल नेपाल बनाउन टेलिकमले अग्रसरता लिनुपर्छ’ 

अजय कुमार झा, जनकपुरधाम । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमले नेपालमा नै पहिलोपटक सञ्चालनमा ल्याएको सूचना प्रविधिको उच्चतम आविष्कारको रुपमा रहेको फाईवर टु होम सेवा कार्यक्रमको आज जनकपुरधाममा शुभारम्भ गर्नु भएको छ ।

सूचना प्रविधिको उच्चतम आविष्कार रहेको फाईवर टु होम सेवा सुचारु भएपछि नेपाल टेलिकमले एउटै फाईवारबाट ल्याण्डलाईन फोन, ईन्टरनेट, आई.पी. टिभीसहितको सेवा दिने भएको छ । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूल बाँस्कोटाले नेपाल टेलिकमले डिजिटल नेपालको उद्देश्य पुरा गर्नका लागि ग्राहकमैत्री र जनसेवी बनेर अग्रणी संस्थाको रुपमा भूमिका खेल्नुपर्ने बताउनुभयो । 

मन्त्री बाँस्कोटाले सरकारको समृद्धिको यात्रामा सरकारका सम्पूर्ण निकायहरुको र सबै स्थानीय तहले सँगसँगै यात्रा गर्नुपर्ने बताउनुभयो ।

नेपाल लेटिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकम नेपालभरि नै छिटोभन्दा छिटो फोर जी सेवा विस्तार गर्ने पक्षमा रहेको र त्यसका लागि प्रदेश तथा स्थानीय सरकारको साथ एवं सहयोग आवश्यक रहेको बताउनु भयो ।