पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रपति समक्ष प्रतिवेदन पेश

सुरेन्द्रमणि त्रिपाठी । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष महालेखा परीक्षक टंकमणि शर्माले महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति समक्ष महालेखा परीक्षक शर्माले संघ,प्रदेश र स्थानीय तहको लेखा परीक्षणको एकीकृत प्रतिवेदन पेश गर्नुभएको हो ।

त्यस अवसरमा महालेखा परिक्षक शर्माले पहिलो पटक तीनै तहको एकीकृत प्रतिवेदन पेश भएको र यसअघि गत वर्ष संघ र स्थानीय तहको लेखा परीक्षणको एकीकृत प्रतिवेदन पेश गरिएको बताउनुभयो ।