पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मातृभूमि कपको तयारी पूरा

चितवन । चितवनको भरतपुरमा निर्माण हुन लागेको गौतम बुद्ध अन्तराष्ट्रिय रंगशालाको सहयोगका लागि हुन लागेको च्यारीटी क्रिकेट प्रतियोगिता मातृभूमि कपको तयारी पूरा भएको आयोजकले जानकारी गराएका छन् ।

प्रतियोगितामा कलाकारहरुको दुई टोली र राष्ट्रिय क्रिकेटरको दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । धर्मुस सुन्तली फाउन्डेसनले बनाउने लागेको क्रिकेट मैदानको सहयोगका लागि हुन लागेको प्रतियोगिता बिहान १० बजेबाट हुनेछ । 

गएको शनिबार नै हुने भनिएको यो खेल वर्षाका कारण यो शनिबार सारिएको हो ।

क्रिकेटर र कलाकारहरुलाई ‘ए’ र ‘बी टोलीमा विभाजन गरेर खेलाइने छ । क्रिकेटरको ‘ए’ टिमको नेतृत्व पारस खड्काले र ‘बी’ टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् । 

यस्तै कलाकारको ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठले र ‘बी’ टिमको नेतृत्व हरिवंश आचार्यले गर्नेछन् । क्रिकेटरबीचको खेल अगाडि कलाकारबीचको मनोरञ्जनात्मक खेल हुनेछ ।

खेलका लागि टिकटदर १ हजार र तीन सय रुपैयाँ तोकिएको छ । साथै रंगशाला निर्माणको सहयोगार्थ स्वेच्छाले थप रकम दिन पनि सकिनेछ । 

यसका साथै भोलिको खेलबाट उठेको रकमको १५ प्रतिशत बाराका हुरी पीडितहरुलाई दिइनेछ ।
अजय बम