पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘वीरगञ्जको विकल्प अरु हुन सक्दैन’

काठमाडौं । पूर्व अर्थमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले मुलुकको प्रमुख आर्थिक, व्यापारिक एवं औद्योगिक केन्द्र वीरगञ्जको विकल्प मुलुकका अन्य कुनै सहर र नाका बन्न नसक्ने बताउनु भएको छ । 

वीरगञ्जमा आयोजित एक कार्यक्रममा पूर्व अर्थमन्त्री पाण्डले देशको राजनीतिक राजधानी काठमाडौं र प्रदेश २ को प्रादेशिक राजधानी जनकपुर भए पनि देशको आर्थिक राजधानी वीरगञ्ज रहेको र यसको विकल्प अन्य कुनै नाका र शहर हुन नसक्ने बताउनु भयो ।