पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

निःशुल्क एम्बुलेन्स सेवा पाएपछि गर्भवती महिला खुशी

 

परासी-पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । निःशुल्क एम्बुलेन्स सेवा पाएपछि यहाँका अधिकांश गर्भवती महिला प्रसूतिगृहमै पुगेर प्रसूतिसेवा लिन थालेका छन् । नगरपालिकाले नगरका १३ वटै वडाका गर्भवतीलाई उनीहरुको घरबाटै प्रसूतिगृहसम्म ल्याउने र पु¥याउने गरेको छ । खर्च नहुँदा यहाँका विपन्न महिला घरमै परम्परागत तरिकाले बच्चा जन्माउन बाध्य थिए ।

अस्पतालमा प्रसूति गराउन एम्बुलेन्स र लाग्ने महङ्गो शुल्क जोहो गर्नै उनीहरुलाई समस्या हुने गरेको थियो ।यसबाट विपन्न समुदायका महिलालाई खर्च जुटाउनुपर्ने चिन्ता हटेको भन्दै उहाँले यहाँबाट सिफारिश हुनेलाई पनि प्रसूतिगृहकै एम्बुलेन्सले बुटवलसम्म पु¥याउने गरेको बताउनुभयो । नगरपालिकाले नै सुविधासम्पन्न प्रसूतिगृह सञ्चालन गरेपछि यहाँका विपन्न समुदायका महिलालाई सुरक्षित प्रसूति सेवा लिन पनि सहज भएको छ । नजिकमा सुरक्षित प्रसूति गराउन पाउँदा यहाँका महिला खुशी छन् । नेपालकै पहिलो बालमैत्री नगरसमेत रहेको नगरपालिकाले आफ्नै पहलमा सुनवल–१ को वडा कार्यालय रहेको भवनमा गत असोजदेखि प्रसूतिगृह स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

यसअघि प्रसूतिगृहको अभावमा त्यहाँका महिला सदरमुकाम परासी तथा बुटवलसम्म जानुपर्ने बाध्यता थियो । सम्पन्न परिवारका महिला सजिलै सुविधासम्पन्न अस्पतालमा जाने गरे पनि विपन्न समुदायका महिला आर्थिक अभावका कारण परम्परागत रूपमै घरमै सुत्केरी हुने गरेका थिए । प्रसूतिगृहमा अहिलेसम्म ४९ महिलाले सामान्य अवस्थामै बच्चा जन्माएका छन् । १०७ गर्भवती महिला त्यहाँ पुगेकामा ५८ शल्यक्रिया गर्नुपर्ने अवस्थाका गर्भवतीलाई भने बुटवल, देवदह र सदरमुकाम परासीका विभिन्न अस्पतालमा सिफारिस गरिएको प्रसूतिगृहकी स्टाफ नर्स सविना श्रीष थापाले जानकारी दिनुभयो । प्रसूतिगृहमा हालसम्म ५०० महिलाले नियमित गर्भ परीक्षण गराएका छन् । यहाँ दैनिक १५÷२० सेवाग्राही परीक्षणका लागि आउने गरेका छन् भने मासिक सरदर १२ ले प्रसूति सेवा लिने गरेका छन् । नगरपालिकाका स्वास्थ्य शाखा संयोजक चूडामणि नेपालका अनुसार नगरपालिकाले रु २० लाख ५० हजारको लगानीमा १० कर्मचारीसहित प्रसूतिगृह र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । तालीम प्राप्त पाँच स्टाफ नर्सबाट सामान्य प्रसूति सेवा प्रदान गरिनुका साथै नियमित सुत्केरी जाँच, आइरन चक्की वितरणलगायतका सेवा पनि प्रदान गर्दै आएको उहाँ बताउनुहुन्छ ।