पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कर्मचारीको कार्यशैलीमा परिवर्तन आउनुपर्छः अध्यक्ष प्रचण्ड

केशव ढुंगाना । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जनतालाई परिवर्तनको अनुभुति दिलाउन सरकारी निकाय र त्यसमा कार्यरत कर्मचारीहरूको कार्यशैलीमा परिवर्तन आउनुपर्ने बताउनुभएको छ । 

आज काठमाडौमा आयोजित नेपाल टेलिकममा कार्यरत तत्कालीन नेकपा एमाले र एकिकृत नेकपा माओवादी निकट कर्मचारी संगठनको एकता घोषणा कार्यक्रममा अध्यक्ष प्रचण्डले पुरानै शैलीको कामले परिवर्तनको अनुभुति दिलाउन नसक्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले राजनैतिक परिवर्तनको नतिजा जनताको दैनिक जीवनमा देखिनु पर्ने बताउनुभयो । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपाल टेलिकमले दिने सेवाको गुणस्तर र प्रभावकारीता बढाउन जापानको सुमितोमो केडिडिआई कम्पनीसँग रणनीतिक साझेदारी गर्ने र सर्वसाधारणका लागि शेयर विक्री गर्ने तयारी भईरहेको जानकारी दिनुभयो ।