पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

हिमालयन शेर्पा पाँचथर गोल्डकपको सेमिफाईनलमा

पाँचथर । हिमालयन शेर्पा क्लब पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

फिदिममा बिहिबार भएको खेलमा हिमालयन शेर्पा क्लबले न्यू स्टार कलब सुनसरीलाई ४–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हाम्रा पाँचथर समाचारदाता विपेन्द्र गौतमले जनाएका छन् ।

यस खेलको म्यान अफ दि म्याच घोषित भएका हिमालयन शेर्पा क्लबका ड्याडी अम्बाले ५ हजार रुपैँया पुरस्कार प्राप्त गरे ।