पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सरल तरिकाबाट बैंक खाता खोल्ने व्यवस्था लागू

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक खाता नभएकाहरुलाई लक्षित गर्दै सरल तरिकाबाट बैंक खाता खोल्ने व्यवस्था लागू गरेको छ । 

राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका २०७५ अनुसार बैंक खाता खोल्दा ग्राहक पहिचान अन्तर्गत अपनाउनु पर्ने प्रक्रियालाई सरल बनाउँदै सरकारी निकायबाट जारी भएको कुनै एक परिचयपत्रका आधारमा बैंक खाता खोल्न सकिने प्रावधान ल्याएको हो । 

बैंक खाता नभएकाहरुलाई लक्षित गर्दै बैंक खाता खोलौं अभियान अन्र्तगत वार्षिक १ लाख रुपैयाँ सम्मको कारोबार गर्न सकिने गरी सरल व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ ।