पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘राष्ट्रिय कलाश्री सम्मान–२०७५’ बैरागी काइँलालाई 

काठमाडौँ । यस वर्षको ‘राष्ट्रिय कलाश्री सम्मान–२०७५’ नेपाल प्रज्ञा प्रतिष्ठनका पूर्व कुलपति बैरागी काइँलालाई प्रदान गरिने भएको छ ।

नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले विगत ११ वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कलासंस्कृति र सङ्गीतका साधकलाई प्रदान गर्दै आएको उक्त सम्मान यसवर्ष उहाँलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीले जानकारी दिनुभयो । 

यसैगरीे प्रतिष्ठानले ‘राष्ट्रिय कलाश्री पुरस्कार–२०७५’ साहित्यकार सरुभक्तलाई प्रदान गर्ने निर्णय गरेको छ । 

‘ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार–२०७५’ कवि एवं अनुवादक सुमन पोखरेललाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।

यसैगरी ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता–२०७५ पुरस्कार पत्रकार नरेन्द्रराज शर्मा र ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला युवा पुरस्कार–२०७५’ चित्रकार एरिना ताम्राकारलाई प्रदान गरिने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष जोशीले जानकारी दिनुभयो ।