पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

न्यूनतम १० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक धितोपत्र (शेयर) निष्काशनमा न्युनतम् १० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

सार्वजनिक शेयर निष्कासनमा कम्तीमा ५० कित्ता सेयर आवेदन दिनै पर्ने हालको व्ववस्थालाई हटाउँदै बोर्डले न्युनतम् १० कित्ताका लागि पनि आवेदन दिन पाउने व्यवस्था गरेको हो ।

विद्यार्थी तथा थोरै पुँजी भएका वर्गलाई पनि पुँजी बजारको पहुँचमा ल्याउने र यसलाई समावेशी बनाउन विद्यमान व्यवस्था परिवर्तन गरिएको नेपाल धितोपत्र बार्डले जनाएको छ । 

नयाँ व्यवस्था तत्काल कार्यान्वयनमा ल्याउन सम्बन्धित सबै निष्काशन तथा विक्री प्रबन्धक मर्चेन्ट बैंकरहरुलाई परिपत्र समेत गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिनु भयो । 
भुवन आचार्य