पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्वास्थ्य बैज्ञानिक सम्मेलन

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको पाँचौँ सम्मेलन आजदेखि काठमाण्डौमा सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भएको सम्मेलनमा वैज्ञानिक, स्वास्थ्य विज्ञ, चिकित्सकलगायत गरी १५ सय बढीको सहभागिता रहेकोे छ ।


तीन दिनसम्म चल्ने सम्मेलनमा अमेरिका, चीन, जर्मनी, भारत लगायत देशका वैज्ञानिक तथा विज्ञहरूको सहभागिता रहको छ । सम्मेलनमा सामाजिक स्वास्थ्य बिमा, नसर्ने रोग, मातृ स्वास्थ्य, बाल तथा किशोर–किशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, सरुवा रोग, जैविक स्वास्थ्य र स्वास्थ्य सूचना, स्वास्थ्य प्रणाली र आवश्यक मेडिकल उत्पादनजस्ता विषयमा छलफल भईरहेको परिषद्ले जनाएको छ ।