पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दार्जीलिङ्ग युनाईटेड पाँचथर गोल्डकपको सेमिफाईनलमा

पाँचथर । दार्जीलिङ्ग युनाईटेड फुटबल क्लब पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

फिदिममा मंगलबार भएको खेलमा दार्जीलिङ्ग युनाईटेडले बिर्तामोड युनाईटेडलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हाम्रा पाँचथर समाचारदाता विपेन्द्र गौतमले जनाएका छन् ।

यस खेलको म्यान अफ दि म्याच घोषित भएका दार्जीलिङ्ग युनाईटेडका करण राईले ५ हजार रुपैँया पुरस्कार प्राप्त गरे ।